जन भावना

सडक दुर्घटनामा १० वर्षयता बितेका २४ हजार नागरिकको जिम्मा कसले लिन्छ ?

१४ असार, काठमाडौं । काठमाडौंबाट धनगढी उडेको श्री एयरलाइन्सको जहाजमा समस्या आएपछि भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आकस्मिक अवतरण गरिएको छ । एसएचए २२७ जहाज भैरहवामा अवतरण गरेको र अहिले यात्रुहरू विमानस्थलमै रहेको सो विमानस्थलका महाप्रवन्धक श्याम किशोर साहले जानकारी दिए ।

  • काठमाडौंबाट धनगढी उडेको श्री एयरलाइन्सको जहाजमा प्राविधिक समस्या देखिएपछि भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आकस्मिक अवतरण गरिएको छ ।
  • ककपिटमा धुवाँको सङ्केत देखिएपछि पाइलटले जहाजलाई तत्काल भैरहवा अवतरण गर्ने निर्णय लिएको महाप्रबन्धक श्याम किशोर साहले जानकारी दिनुभयो ।
  • विमानस्थलमा रोकिएका यात्रुहरूलाई काठमाडौंबाट अर्को जहाज पठाएर गन्तव्यमा पुर्‍याउने तयारी भइरहेको एयरलाइन्सले जनाएको छ ।

उनका अनुसार कम्पनीले काठमाडौंबाट अर्को जहाज ल्याएर यात्रुलाई धनगढी लैजाने जानकारी गराएको छ । ककपिटमा धुवाँको संकेत मिलेपछि पाइलटले जहाजलाई तत्काल भैरहवा अवतरण गर्ने निर्णय लिएको उनले जानकारी दिए ।
यसबारे थप जाँच भएपछि समस्याबारे स्पष्ट हुने उनको भनाइ छ ।