काठमाडौँ — ५ भदौदेखि प्रदर्शनमा आउन लागेको फिल्म ‘मास्टर्नी’ ले प्रचारात्मक सामाग्रीका रूपमा गत मंगलबार सार्वजनिक गरिएको उक्त गीतलाई जनस्तरबाट समेत अधिकांशले ‘दुईअर्थी लाग्ने छाडा’ भनेका छन् । तर फिल्मकी निर्माता तथा कलाकारसमेत रहेकी प्रियंका कार्कीले भने उक्त गीतलाई केवल मनोरन्जनका लागि मात्र लिईदिन आग्रह गरेकी छन् ।

नेपाल शिक्षक महासंघले फिल्म ‘मास्टर्नी’ को ‘म्याथ सिक्ने भए…’ बोलको प्रबर्धनात्मक गीतलाई तुरून्त बन्द गर्न नेपाल शिक्षक महासंघले माग गरेको छ । शुक्रबार विज्ञप्ती जारी गर्दै शिक्षक महासंघले उक्त गीतलाई चलचित्रमा समेत प्रयोग नगर्न आग्रह गरेको छ ।