श्री शिरेशवर सेवा समाज कतारको सातौँ अधिवेशन भव्य रूपमा सम्पन्न ।
श्री शिरेशवर सेवा समाज कतारको सातौँ अधिवेशन भव्य तथा सभ्य रूपमा सफलतापूर्वक सम्पन्न भएको छ। अधिवेशनबाट श्री हनुमान शाह (समीर) अध्यक्ष पदमा निर्वाचित हुनुभएको छ।
नवनिर्वाचित अध्यक्ष श्री हनुमान शाह (समीर) ज्यूसहित सम्पूर्ण कार्यसमितिलाई उपस्थित अतिथिहरू तथा सहभागीहरूले हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन्।

• कार्य समिति सदस्य – सागर राम
• कार्य समिति सदस्यमो- मो. साउद
• विशेष सल्लाहकार – लालबाबु राम
• विशेष सल्लाहकार – मुस्ताक साफी
• विशेष सल्लाहकार – रंजित मण्डल
• विशेष सल्लाहकार – शिवजी मुखिया
• विशेष सल्लाहकार – कमलेश महतो
• वरिष्ठ सल्लाहकार – जिवन भट्टराई
• सल्लाहकार संयोजक – राजकुमार गुप्ता
• सह कोषा अध्यक्ष – इमरान राईन
• कोषा अध्यक्ष – बिजय साह
• सह सचिव – सम्भु परियार
• सचिव – अजय कुमार महतो
• महासचिव – राम कुमार साह
• उपाअध्यक्ष – शशि सिंह
• अध्यक्ष – हनुमान साह (समिर)
कार्यक्रममा मधेश प्रदेश समन्वय परिषद् कतारका उपाध्यक्ष मोहम्मद आजाद मंसुरीज्यूको प्रमुख आतिथ्यता रहेको थियो। त्यसैगरी धनुषा समाज सेवा संस्थाका अध्यक्ष मो. जमिर नदाफज्यू विशिष्ट अतिथिका रूपमा सहभागी हुनुभएको थियो।
कार्यक्रमका आयोजक जीवन भट्टराई हुनुहुन्थ्यो भने संस्थाका सचिव अजय कुमार शाह हुनुहुन्छ। अधिवेशनमा कतारस्थित विभिन्न नेपाली संघ–संस्थाका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
सामाजिक एकता, आपसी सहकार्य तथा संस्थाको आगामी कार्यदिशाबारे छलफल गर्दै सम्पन्न अधिवेशनले संस्थालाई अझ प्रभावकारी ढंगले अघि बढाउने विश्वास व्यक्त गरिएको छ।