स्पेन विश्वकप २०२६ को फाइनलमा पुगेको छ ।

Spread the love

दाबेदार फ्रान्सलाई पन्छाउँदै स्पेन विश्वकप २०२६ को फाइनलमा पुगेको छ । स्पेनले बुधबार डालासको एटी एन्ड टी रंगशालामा पहिलो सेमिफाइनलमा फ्रान्सलाई २–० गोलले पराजित गरेको हो ।

सन् २०१४ मा दक्षिण अफ्रिकामा आफ्नो फुटबल इतिहासमा एकमात्र विश्वकप उपाधि जितेपछि स्पेन पहिलो पटक फाइनल पुगेको हो । स्पेनको यात्रा एतिहासिक रहेको छ, टोलीले फाइनलसम्म पुग्ने क्रममा केवल १ गोल खर्चेको छ ।

स्पेनले पछिल्ला ११ खेलमा फ्रान्समाथि हात पारेको यो आठौं विजय हो । युरो २०२४ जित्ने क्रममा पनि स्पेनले सेमिफाइनलमा फ्रान्समाथि २–१ को विजय हात पारेको थियो ।

फ्रान्स भने लगातार तेस्रो पटक फाइनलमा पुग्नबाट चुकेको छ । २०१८ मा रुसमा उपाधि जितेको फ्रान्स चार वर्षअघि कतारमा अर्जेन्टिनासँग पेनाल्टी सुटआउटमा पराजित भएको थियो ।


Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *