स्पेनले दोस्रोपटक विश्वकप फुटबलको उपाधि जितेको छ

Spread the love

स्पेनले दोस्रोपटक विश्वकप फुटबलको उपाधि जितेको छ । अतिरिक्त समयमा गरेको गोलमा स्पेनले न्यु जर्सीको मेटलाइफ रंगशालामा सोमबार बिहान भएको खेलमा डिफेन्डिङ च्याम्पियन अर्जेन्टिनालाई १–० गोलले पराजित गरेको हो ।

स्पेनले खेल पूर्ण रूपमा आफ्नो नियन्त्रणमा राखेको थियो । तर निर्धारित ९० मिनेटमा कुनै गोल हुन सकेन । अतिरिक्त समयमा धकेलिएको खेलको पहिलो हाफमा पनि कुनै गोल हुन सकेन । तर फेर्रान टोरेजले १ सय ६ मिनेटमा गरेको गोलमा स्पेनले उपाधि जितेको हो ।

निको विलियम्सले दिएको पासमा वैकल्पिक खेलाडीका रूपमा मैदानमा प्रवेश गरेका उनले गोल गरेका थिए । स्पेनले यसअघि २०१० मा दक्षिण अफ्रिकामा पहिलोपटक विश्वकप जितेको थियो ।


Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *