“तामाङ जातिको परिवर्तन शैक्षिक तथा आर्थिक सुदृढीकरण” भन्ने मुख्य नाराका साथ नेपाल प्रवासी तामाङ समाज कतार ले आफ्नो ११ औँ अधिवेशन तथा सांस्कृतिक कार्यक्रम २०२६ आयोजना गर्ने भएको छ।

सन् २००५ मा स्थापना भएदेखि नै तामाङ समाज कतारले आफ्नो भाषा, धर्म, संस्कार, संस्कृति र पहिचान जोगाउनका निम्ति प्रवासमा रहेर पनि निरन्तर रूपमा विभिन्न सांस्कृतिक तथा सचेतनामूलक कार्यक्रमहरू गर्दै आइरहेको छ।
”पहिचान जोगाऔँ, आफ्नो नामको अन्त्यमा ‘तामाङ’ लेखौँ” भन्ने मूल सन्देशका साथ आयोजना हुन लागेको यस पटकको कार्यक्रम आउँदो ०९ अक्टोबर २०२६ का दिन कतारस्थित वेलफेयर रेस्टुरेन्ट, प्लाजा मल मा सञ्चालन हुनेछ। कार्यक्रम बिहान ११:०० बजेदेखि सुरु हुने संस्थाका अध्यक्ष सुवास तामाङले जानकारी गराए ।
आयोजकका अनुसार अधिवेशनमा कतारमा कार्यरत तामाङ समुदायका दाजुभाइ तथा दिदीबहिनीहरूका साथै विभिन्न सामाजिक संघ-संस्थाका प्रतिनिधिहरूको व्यापक उपस्थिति रहनेछ। कार्यक्रममा संस्थाको साङ्गठनिक समीक्षा, भावी कार्यदिशा, शैक्षिक एवं आर्थिक सशक्तीकरण बारे छलफल हुनुका साथै मौलिक तामाङ सांस्कृतिक प्रस्तुतिहरू समेत प्रस्तुत गरिने महासचिव श्री पाख्रिन तामाङले जानकारि गराए ।











Leave a Reply